जापानमा गायक दूतराजको एकल साङ्गीतिक कार्यक्रम हुँदै
जापानको सिजुओकामा आयोजना हुन लागेको गायक प्रकाश दूतराजको एकल साङ्गीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । जापानको विभिन्न सहरमा साङ्गीतिक टुरमा रहेका दूतराजको सिजुओकामा यही मार्च २१ मा प्रस्तुति हुने भएको हो ।
सिजुओकाको हिगाशी सिजुओका स्टेसन नजिक रहेको ग्रान्डसिप हलमा बेलुका ५ बजेदेखि कार्यक्रम सुरु हुनेछ । सिजुओका स्पोर्टस क्लब, गलकोट समाज सिजुओका ,स्याङ्जा समाज सिजुओका र एभरेस्ट फुजी सोसाइटी हामामाचुको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रमको टिकटको मूल्य साधारण तर्फ २ हजार र भिआइपी तर्फ १ मान तय गरिएको छ ।
गायक दूतराज पछिल्लो समयमा रुचाइएका गायक हुन् । उनका गीतहरू बैनी झ्यालैमा, घर कता हो बैनीको , लाहुर जाने रेलैमालगायत चर्चामा रहेका छन् ।
सिजुओकामा हुन लागेको उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न कृष्ण केसीको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण