आदिवासी जनजातिको भोट उनीहरुकै लागि हानीकारक भयो : मन्त्री किराती
सर्लाही । संस्कृतिक, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले आदिवासी जनजातिहरुको भोट उनीहरूकै निम्ति हानिकारक भएको टिप्पणी गरेका छन् । सर्लाहीको हरिवनमा आयोजित आदिवासी जनजाति युवा महासंघको भेलालाई सम्बोधन गर्दै किरातीले यस्तो टिप्पणी गरेका हुन ।
कोसी प्रदेश नामको विषयमा बोल्दै मन्त्री किरातीले पहिचानको नाममा भोट मागेर गैर पहिचान खुल्ने नामाकरण सांसदहरूले गरेको बताए । यसरी झुक्काएर पहिचान विरोधी नामाकरणका निम्ति हस्ताक्षर गर्ने प्रदेश सांसदहरुलाई कुलले समेत धिक्कार्ने मन्त्री किरातीले बताए । पहिचानवादी आन्दाचेलन अति जातिवादमा समेत जान सक्ने विषयमा समेत किरातीले सजक गराए ।
‘खस आर्यको योग्यता र आदिवासी जनजातिको ईमान्दारिता मिलायो भने मात्र देश बन्छ । देश बनाउँछु भन्ने नेताले जनताको मनोविज्ञानपनि बुझ्नु पर्छ’ किरातीले भने, ‘समाजवादको भाषण रैथाने आदिवासी जनजाति सँगै छ । हामीले यसैलाई विकास गरेर नेपाली विशेषताको समाजवाद निर्माण गर्न सक्छौ । विदेशी फोटो कपीको जरुरी छैन यदि गरियो भने त्यो समाजवाद टिक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण