शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मितेरीपुलमा नेपाल र चीनका अधिकारीबीच सीमा सुरक्षा बैठक

मङ्गलबार, ०७ चैत २०७९, १७ : २८
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । सिन्धुपाल्चोकस्थित तातोपानीको मितेरी पुलमा नेपाल र चिनियाँ सुरक्षा अधिकारीबीच बैठक सम्पन्न भएको छ । सोमबार भएको बैठकमा दुई देशबीचको सीमा नाकालाई अझ सुरक्षित बनाउने, आपराधिक गतिविधि रोकथाम तथा अवैध चोरी निकासीलाई निरुत्साहित पार्ने लगायत विषयमा छलफल भएको थियो । आउँदा दिनहरूमा समेत आपसी समन्वय र सद्भावलाई निरन्तरता दिने विषयमा छलफल भएको बैठकमा सहभागी सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी बाल नरसिंह राणाले बताए । 

नेपाल र चीनका दुवै सुरक्षा अधिकारीले सीमामार्फत हुने तस्करी नियन्त्रणका सम्बन्धमा समन्वयात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । बैठकमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अध्यागमन अधिकृत, भन्सारका प्रमुख र चीनको तर्फबाट न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमनलगायत अधिकारीहरू संलग्न थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप