शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दलीय सङ्कीर्णता त्यागेर संक्रमणकालीन न्यायको विषय टुंग्याउनुपर्छ : महामन्त्री थापा

मङ्गलबार, ०७ चैत २०७९, १७ : ४०
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलीय सङ्कीर्णता र तत्कालको नाफा घाटा नहेरी संक्रमणकालीन न्यायको विषय टुंग्याउनुपर्ने बताएका छन् । गिरिजाप्रसादको स्मृति दिवसमा प्रेस युनियनद्वारा मंगलबार काठमाडाैंमा आयाेजित विचार गोष्ठीमा उनले दलहरुले तत्कालको नाफा घाटा नहेरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषय टुंग्याउनुपर्ने बताए । उनले भने, ‘ गिरिजाप्रसाद कोइरालाको नेतृत्वको मोर्चा विजयी भएपछि यो संविधान लेखिएको हो । हामीले दलीय सङ्कीर्णता र तत्कालको नाफा घाटा भन्दा बाहिर निस्किएर संक्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ ।’

यसलाई यो वा त्यो बहानामा लम्याउँदाभविष्यमा थप अप्ठ्यारो हुने महामन्त्री थापाको भनाइ छ । ‘द्वन्द्वबाट पीडितहरुको भावनालाई सम्मान गर्न सकेनौं र उनीहरुले स्वीकार गरेनन् भने पनि हामी अप्ठ्यारोमै पर्छौँ । हामीले यसमा पनि ध्यान दिनुपर्छ,’ उनले भने । संक्रमणकालीन न्यायलाई टुंग्याउँदा अन्तर्राष्ट्रिय मान्यताको कसीमा ध्यान दिनुपर्ने महामन्त्री थापाले बताए । 

‘हामीले चाहे पनि नचाहे पनि यो विषय हाम्रो विषयहरु मात्र होइन, यसमा कतिपय अन्तर्राष्ट्रिय कानुन जोडिएको छ । यसलाई टुंग्याउँदै गर्दा हामीलाई ठीक लागेर मात्र हुँदैन’ महामन्त्री थापाले भने, ‘संसारमा जुन मान्यतामा विश्वास गर्छौं, त्यसको कसीमा ठीक देखिन्छन् कि देखिदैन भन्ने कुरा पनि हामीले ध्यान दिनुपर्छ ।’ ‘यी पक्षलाई ध्यानमा राखेर संक्रमणकालीन न्यायको विषय टुंग्याउँदा गिरिजाप्रसाद कोइरालाले सुरु गरेको शान्ति प्रक्रियालाई टुंग्याएको ठहरिने उनकाे भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप