वैदेशिक रोजगार विभागका नायव सुब्बा पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, ०८ चैत २०७९, १५ : ५६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध ३० हजार घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालले वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैंक खाता सञ्चालन गर्ने बहानामा सेवाग्राहीसँग ३० हजार घुस लिएको पाइएकाले पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिए ।
पाण्डेलाई ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा यसअघि नै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (ख) बमोजिमको कसुर गरेकोले पाण्डेलाई ३० हजार बिगो कायम गरी विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण