शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने

बिहीबार, ०९ चैत २०७९, २१ : १८
बिहीबार, ०९ चैत २०७९

काठमाडौँ । ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ। चैत १३ गतेबाट जमलस्थित सांस्कृतिक संस्थानमा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ।  गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्च मार्फत विश्वमाझ चिनाउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको महोत्सवका निर्देशक पुस्कर गुरुङले जानकारी दिए। 

उनका अनुसार पाँचदिनसम्म चल्ने फेस्टिभलमा नेपालका ६ नाटकहरु मञ्चन हुनेछन। साथै फेस्टिभलमा माया थापाको निर्देशन तयार भएको नृत्य नाटीका ‘चंण्डालीका’ समेत मञ्चन हुनेछ। साथै महोत्सवको उद्घाटन समारोहमा रंगकर्मी अनुप बराललाई ५० हजार धनराशीको ‘डबली अवार्ड’ प्रदान गरिने गुरुङले बताए। 

यसअघि फेस्टिभलमा विदेशी नाटकहरु पनि समावेश गराइएको थियो। तर, भनेजस्तो राम्रो कथावस्तु भएको विदेशी नाटकहरु नआएर यसपटक नेपाली नाटक समेटिएको उनको दाबी छ। यो फेस्टिभल वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थियटरको आयोजनामा हुन लागेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप