बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पत्रकारलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा सलमानविरुद्ध मुद्दा, मार्च ३० मा फैसला

शुक्रबार, १० चैत २०७९, ०७ : १४
शुक्रबार, १० चैत २०७९

मुम्बई । बम्बई उच्च अदालतले अप्रिल २०१९ मा एक पत्रकारसँग कथित दुर्व्यवहारको सम्बन्धमा अभिनेता सलमान खानको पुनरावेदनमा मार्च ३० मा आफ्नो फैसला सुनाउने भएको छ। आफ्नो पुनरावेदनमा सलमान खानले तल्लो अदालतले जारी गरेको अदालतमा उपस्थित गराउने आदेशलाई चुनौती दिएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार उच्च अदालतले बिहीबार दुवै पक्षको तर्क सुनेर मार्च ३० सम्मको लागि आफ्नो फैसला सुरक्षित राखेको छ। अशोक पाण्डे नामका पत्रकारले सलमान खान र उनका अंगरक्षक नवाज शेखविरुद्ध अंधेरीको एक अदालतमा दायर गरेको उजुरीमा विभिन्न आरोप लगाएका थिए । 
त्यसपछि उनीहरु दुवैविरुद्ध भारतीय दण्ड संहिताको धारा ५०४ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

पाण्डेले दुवैलाई फौजदारी कारबाही गर्न अदालतसँग माग गरेका थिए । त्यसपछि अदालतले सलमान खानलाई २०२२ मा अदालतमा उपस्थित गराउने आदेश जारी गरेको थियो। त्यसपछि खानले उच्च अदालत पुगेका थिए । उनले तल्लो अदालतको आदेश खारेज गर्न अदालतसँग माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप