शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आज पनि बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

शुक्रबार, १० चैत २०७९, १० : ५१
शुक्रबार, १० चैत २०७९

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची कायम गर्दै हिजो बिहीबारको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, महांघले तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । महासंघले हिजो बिहीबारकै मूल्यमा आज चाँदीको कारोबार भइरहेको जनाएको छ । आज चाँदीको मूल्य १३ सय ६० रुपैयाँ कायम भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप