पशुपतिनाथ परिसरबाट सुरु भयो ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायाङ्कन
शुक्रबार, १० चैत २०७९, ११ : ४९
काठमाडौँ । दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ को छायाङ्कन सुरु भएको छ । केही दिन अगाडि शुभ–मुर्हूत गरिएको फिल्मको आज शुक्रबारबाट छायाङ्कन सुरु भएको हा । पशुपतिनाथको परिसरमा अभिनेता विपिन कार्कीको पहिलो सट खिच्दै निर्माण युनिटले फिल्मको छायाङ्कन सुरु गरेको हो ।
विपिनका अलावा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सौगात मल्ल, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय फिल्म रहनेछ । टुकी आर्ट्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको छायाङ्कन सेडुल ३० दिन बताइन्छ ।
आउँदो वर्षको दसैँमा रिलिज हुने बताइएको फिल्ममा विपिन कार्की शीर्ष भूमिका छन् । उनले ‘भष्मे डन’ को रूपमा अभिनय गर्ने बताइएको छ । हिट फिल्म ‘पशुपति प्रसाद’ का सिक्वेलको रूपमा निर्माण हुन लागेको फिल्म खगेन्द्र लामिछानेले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण