फिल्म ‘जारी’ को ट्रेलरमा के छ ?
शुक्रबार, १० चैत २०७९, २१ : ३५
काठमाडौँ । नयाँ वर्ष अर्थात १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘जारी’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा दयाहाङ राई र मिरुना मगरले प्रथामिकता पाएका छन् । ट्रेलर हेर्दा फिल्म श्रीमान् श्रीमतीबीचको कथामा निर्माण भएको अनुमान लगाउन सकिन्छ ।
फिल्ममा दयाहाङ र मिरुना पति पत्नीको भूमिकामा रहेका छन् । दयाहाङ र मिरुनाको अलवा रोयदीपको शीर्ष भूमिकामा रहेको फिल्म लिम्बू समुदायमा रहेको जारी प्रथाको कथामा बनेको हो । यसका लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुन् ।
‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले यो फिल्ममा सहकार्य गरेका हुन् । रामबाबु गुरुङ निर्देशित पछिल्लो फिल्म ‘फूलबारी’ केही अगाडि प्रदर्शनमा आएको थियो । फिल्मले भने व्यवसायिक सफलता हात पार्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण