टीकाको गीति सङ्ग्रह ‘अनुभूतिका स्वरहरू’ लोकार्पण
काठमाडौँ । गीतकार टीका भट्टराई नेपालको गीति सङ्ग्रह ‘अनुभूतिका स्वरहरू’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक विशेष समारोहकाबीच सङ्ग्रह लोकार्पण गरिएको हो ।
समारोहका वरिष्ठ गीतकार एवं साहित्यकार डाक्टर कृष्णहरि बराल, गायिका ज्ञानु राणा, गीतकार सङ्घका अध्यक्ष वसन्त बित्यासी थापा, सङ्घका पूर्व अध्यक्ष चूडामणि देवकोटा, कलाकार लय सङ्ग्रौला, किरण केसी, उत्तम केसी लगायतले सङ्ग्रहको लोकार्पण गरेका हुन् ।
कार्यक्रमका डा.कृष्णहरि बरालले पछिल्लो समय गीतहरू पाठ्यक्रमका रूपमा पाठकमाझ आउन थालेकोमा खुसी व्यक्त गरे । उनले समारोहमा गीति सङ्ग्रहको चर्चा गर्दै गीतले सबै थरी भावलाई समेटेको बताए ।
त्यस्तै फिल्म लेखक, निर्देशक तथा कलाकार लय सङ्ग्रौलाले गीति सङ्ग्रहको चर्चा गर्दा वरिष्ठ हास्य कलाकार किरण केसी (रातामकै)ले गीतकार नेपालको गीति सङ्ग्रहका गीतबाट आफू निकै प्रभावित बनेको बताए । समारोहमा मै केसीले गीतकार भट्टराईका ८ ओटा गीत आफूलाई प्राप्त भएको र केहि गीत रेकर्ड गर्ने बताए ।
गीतकार सङ्घको आयोजनामा भएको समारोहमा कृतिको समीक्षा रामबाबु श्रेष्ठले गरेका थिए । उनले सङ्ग्रहमा संग्रहित गीतहरूले मान्छेका वास्तविक जीवनसँग मेला खाने, देश भक्ति रहेको बताए । श्रेष्ठले सङ्ग्रहमा रहेका सबै गीतको समीक्षा गर्दै नेपालको लेखन कलालाई अब्बल मान्नुपर्ने बताए ।
गीतकार अमर बान्तु, चूडामणि देवकोटा, वसन्त बित्यासी थापा, गायिका ज्ञानु राणा लगायतले गीतकार नेपाललाई बधाई तथा शुभकामना दिँदै गीति सङ्ग्रह भित्रका गीतको चर्चा गरे ।
१३९ पृष्ठको यो गीति सङ्ग्रहलाई अरनिको छापाखाना विराट नगरले गरेको हो । कृतिमा १२५ गीत संग्रहित छन् । गीति समारोहमा स्रष्टा परिचय अच्युत घिमिरेले गरेका थिए । त्यस्तै गीति समारोहमा वरिष्ठ सङ्गीतकार तथा गायक शिशिर योगी र विष्णु अधिकारी, सङ्गीतकार राजु सिंह लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण