अभिनेत्री बेनिशा हमाल निर्देशित फिल्म ‘मिसिङ ब्राइड’ सार्वजनिक
काठमाडौँ । अभिनेत्री बेनिशा हमालको निर्देशनमा ‘डेब्यू’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सार्वजनिक भएको छ । वर्षा राउत र विवेक सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म उनकै होम प्रोडक्सन मौरी पिक्चर्सको व्यानरमा निर्माण भएका हो ।
अभिनयको लामो अनुभव ‘मिसिङ ब्राइड’ निर्माणमा खन्याएको बेनिशाले बताइन् । ‘यो मेरो पहिलो भएपनि आफू सफल भएकी छु भन्नेमा विश्वस्त छु’ उनले भनिन् ।
बेनिशाको अभिनय रहेको पछिल्लो फिल्म ‘छक्का पन्जा ४’ ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । फिल्ममा उनले पत्रकारको भूमिका निर्वाह गरेकी छन् । जसको समेत तारिफ भएको छ ।
‘स्वर’बाट अभिनेत्रीका रूपमा डेब्यू गरेकी बेनिशाले १२ फिल्म अभिनयपछि निर्देशनमा ‘डेब्यू’ गरेकी हुन् । उनले भारतबाट निर्देशक कोर्ष समेत गरेकी छन् ।
उनकै लेखन रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ । फिल्ममा कार्यकारी निर्माता केदार भुसाल हुन् । फिल्म सिनेमा घर एपबाट सार्वजनिक भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण