सेनाको सङ्ख्या घटाउने बहस गर्नुभन्दा प्रदेशको संरचना हटाउनेबारे विचार गरौँ : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश तहको संरचना आर्थिक र राजनीतिक रुपमा बोझ भएको बताएका छन् । अध्यक्ष थापाले उक्त संरचना आर्थिक र राजनीतिक रुपमा बोझ भएको भन्दै हटाउनुपर्ने बताए । शनिबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले राष्ट्रिय सुरक्षाको अन्तिम किल्लाको रुपमा रहेको नेपाली सेनाको संख्या घटाउने निरर्थक बहस गर्नुको सट्टा देशलाई आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउने बारे बिचार गर्न आह्वान गरेका हुन् ।
अध्यक्ष थापाले प्रश्न गरेका छन् : ‘के नेपालको निम्ति अर्बौ तलबभत्ता खाने करिब सयको संख्यामा प्रदेशमन्त्री र पाँचसय प्रदेश सांसद आवश्यक छ ?’
उनले राष्ट्रिय जनगणनाको नतिजा प्रकाशित गर्दा धर्म सम्बन्धि तथ्याङ्क सार्वजनिक हुन नसकेको गुनासो समेत गरेका छन् । उनले भनेका छन्, ‘धर्म परिवर्तनको डढेलोबाट सनातन धर्ममा गएको पहिरो तथा हिन्दु, बौद्ध र किराँतमा परेको नकरात्मक प्रभावका कारण राष्ट्रिय जनगणनाको नतिजा प्रकाशित गर्दा धर्म सम्बन्धि तथ्याङ्क सार्वजनिक हुन सकेन ।’
विश्वमा तिव्र गतिमा धर्मपरिवर्तन हुने देशहरूमा नेपाल एक नम्बरमा रहेको भन्दै थापाले भनेका छन्, ‘सनातन धर्मको रक्षा गरौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण