होटल रुवान्डाका ‘हिरो’ रिहा हुने
किगाली । हलिउड फिल्म ‘होटल रुवान्डा’मा नायकको भूमिकामा देखिएका पूर्व होटल म्यानेजर पल रुसेसबागिना किगालीको जेलबाट रिहा हुने भएका छन् । दुई वर्षअघि रुवाण्डाको एक अदालतले उनलाई आतंकवादको अभियोगमा २५ वर्षको जेल सजाय सुनाएको थियो जसलाई समर्थकहरूले झुटो मुद्दा भनेका थिए।
एक सरकारी प्रवक्ताले रुसेसबागिनाको सजाय ‘राष्ट्रपतिको आदेशबाट घटाइएको’ बताए । ६८ वर्षीय रुसेसबागिनालाई सन् १९९४ मा भएको नरसंहारमा करिब १२०० मानिसलाई बचाउने श्रेय दिइन्छ। रुसेसबगिनलाई रिहा गर्न कतारले मध्यस्थता गरेको कूटनीतिक दबाब र वार्ताका लागि लामो समय लागेको थियो ।
उनको परिवारका अनुसार रुवान्डा सरकारले उनलाई स्थायी बसोबास रहेका टेक्सासबाट प्रलोभनमा पारेर रुवान्डा फर्काइएको थियो । उनी सन् २०२० मा रुवान्डा फर्किएका थिए ।
रुसेसबागिनाले सन् १९९६ मा रुवान्डा छोडेका थिए । बेल्जियमको राजधानी ब्रसेल्समा ट्याक्सी चालकको रूपमा काम गर्दा उनको कथा एक दशकसम्म अज्ञात रह्यो।
यो नरसंहारको बारेमा पत्रकार फिलिप गोरेभिचको सन् १९९८ को पुस्तकको एक भागमा चित्रित गरिएको थियो । सन् २००४ मा डन चेडलद्वारा अभिनित हलिउड चलचित्र पछि उनीबारे विश्वव्यापी ध्यान खिचेको थियो ।
रुवान्डा नरसंहार अप्रिल १९९४ देखि १०० दिनसम्म चलेको थियो । त्यति बेला ८ लाख मानिसहरू, प्रायः टुत्सी जातीय समूहका, लाई हुतु समुदायका चरमपन्थीहरूले मारेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : भुईँदेखि भित्तासम्म असरल्ल छरिएका उम्मेदवारका प्रचार सामग्री, तस्बिरहरू
-
मन्त्रालयको संख्या घटाएको सरकारले मन्त्रीका स्वकीयको संख्या ९ पुर्यायो
-
वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड, नागरिक केन्द्रित सेवा प्रणाली
-
विश्वकप २०२६ः सबै टोलीको दोस्रो खेल सकिँदा के–के भयो अहिलेसम्म ?
-
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
-
पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण