उपराष्ट्रपति भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्लामा (तस्बिरहरू)
आइतबार, १२ चैत २०७९, १२ : १२
_4RPQjermV3.jpg)
बारा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव बारास्थित गृह जिल्लाको भ्रमणमा आएका छन् । उपराष्ट्रपति भएपछि यादव पहिलो पटक आइतबार गृह जिल्ला आएका हुन् ।
उनको स्वागतमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, निवर्तमान संघीय सांसद रामबाबु प्रसाद यादव, प्रदेश सभा सदस्यहरू, पालिका प्रमुखहरू, स्थानीय प्रहरी प्रशासन प्रमुखहरू , जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरू रजनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरूको सिमरा विमानस्थलमा पुगेका थिए ।
२ दिने गृह जिल्लाको भ्रमणका क्रममा उपराष्ट्रपति यादवले आज बाराको चर्चित धार्मिक स्थलहरू गढीमाई मन्दिर, सिम्रौनगढ स्थित कंकाली मन्दिर दर्शन गर्ने छन् । यसै गरी स्थानीय तहहरूले आयोजना गरेको सम्मान कार्यक्रममा पनि सहभागी हुने जनता समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष रामबाबु यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’
-
ट्रम्पको दाबी भारतद्वारा अस्वीकार
-
त्रिशुली नदीमा डुबेर दुई बालिका बेपत्ता