कान्तारा २ लाई ऋषभले मागे सय करोड पारिश्रमिक
मुम्बई । कन्नड सुपरस्टार ऋषभ शेट्टीको ब्लकबस्टर फिल्म ‘कान्तारा’को दोस्रो भागमा जोकोहीको नजर परेको छ । होमेबल फिल्मस्को व्यानरमा बनेको फिल्मको दोस्रो भागका लागि ऋषभ चर्चामा छन् ।
निर्माण पक्षका अनुसार ‘कान्तारा २’ फिल्मको सिक्वेल नभई प्रिक्वल हुनेछ । २० करोडको लागतमा बनेको फिल्मले गत वर्ष विश्वव्यापी रुपमा झण्डै ४ सय करोड बढी कमाई गरेको थियो । फिल्मको प्रिक्वेलको तयारी भइरहँदा ऋषभले निर्मातासँग सय करोड पारिश्रमिक मागेका छन् ।
फिल्मको पहिलो भाग कन्नड दर्शकलाई ध्यानमा राख्दै निर्माण गरिएको थियो । सोही कारण फिल्मको बजेट पनि कम थियो । फिल्म रिलिज हुनासाथ यसको कथाबाट अन्य फिल्म उद्योगका मानिस पनि प्रभावित भएपछि अर्को भाषामा डब गरेर रिलिज गरिएको थियो ।
‘कान्तारा’का लागि ऋषभले ५ करोड मात्र पारिश्रमिक लिएका थिए । उनले लेखन, निर्देशनको कामसमेत गरेका थिए । फिल्म ब्लकबस्टर भएपछि निर्माताले ठुलो बजेटमा प्रिक्वेल बनाउने तयारी गरिरहेका छन् । त्यही कारण ऋषभले पनि पारिश्रमिक सय करोड मागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण