चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्ने यी हुन् ८ दल
दाङ । एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारबाट बाहिरिए लगत्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका आठ दलले कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् ।
आइतबार आठ दलका तर्फबाट दलका नेता र एक स्वतन्त्र सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाउँदै संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेसका चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका हुन् । कांग्रेसका चौधरी, माओवादी केन्द्रका जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेय, जनमतका चन्द्रकेश गुप्ता, जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी, राष्ट्रिय जनमोर्चाका तारा थापा र स्वतन्त्र सांसद खड्ग बहादुर बस्नेतले हस्ताक्षर गरेर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका हुन् ।
आइतबार बिहान नेकपा माओवादी केन्द्रसहित लुम्बिनी प्रदेशका ६ दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका थिए । ती दलका मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा बुझाए लगत्तै उनीहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण