नेपाल भेटेरिनरी एसोसिएसनको भवनको शिलान्यास
काठमाडौँ । नेपाल भेटेरिनरी एसोसिएसनको आफ्नै स्वामित्वको नयाँ भवन निर्माण हुने भएको छ। मंगलबार नागार्जुन नगरपालिका वडा नं ४ बाफलमा विशेष कार्यक्रमका बीच हिन्दु परम्परा अनुसार शिला पूजा गरी र ताम्रपत्र अनावरण गर्दै एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले भवनको विधिवत् शिलान्यास गरेका हुन् ।
करिब ११ आना जग्गामा निर्माण हुने भवन आर्थिक वर्ष २०८१/८२ सम्ममा निर्माण सम्पन्न हुने जनाइएको छ । चार तले बहुउद्देश्यीय भवन निर्माणको लागि हालै बोलपत्र आह्वानसमेत भएको छ । कार्यक्रममा करिब १०० जना अग्रज पशु चिकित्सकहरुको उपस्थिति रहेको थियो । भवन निर्माणको लागि एसोसिएसनले सबै सदस्य पशु चिकित्सकहरूबाट पाँच हजार रुपियाँका दरले आर्थिक सहयोग सङ्कलन गर्ने लक्ष्य राखेको कुरा संस्थाका सचिव डा रामचन्द्र सापकोटाले जानकारी दिए। शिलान्यास समारोह भवन निर्माण समितिका संयोजक डा श्रीराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण