दुबईमा मृत्यु भएका सिरहाका सन्तोष यादवको शव नेपाल ल्याइँदै
काठमाडौं । दुबईमा मृत्यु भएका सिरहाका सन्तोष कुमार यादवको शव नेपाल ल्याउने तयारी भएको छ । स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको र त्यो सकिएपछि नेपाल ल्याइने बताइएको छ । त्यसका लागि प्रहरीले बढीमा तीन दिनको समय मागेको छ । उनको मृत्यु सामान्य नभएकाले प्रहरीले अनुसन्धान गरेर मात्र शव हस्तान्तरण गर्न लागेको हो ।
त्यसका लागि दुबईस्थित गैर आवासीय मधेशी संघ युएई (एनआरएमए) ले आवश्यक पहल थालिरहेको छ । दुबईस्थित फरेन्सिक विभागमार्फत उनको अनुसन्धान अन्तिम चरणको पुगेको संघले जनाएको छ । यादवको टाउकोमा पानी जमेको र उपचारको क्रममा मृत्यु भएको रिपोर्ट दिइएको छ । तर, मृतक कति दिनदेखि विरामी थिए भन्ने रिपोर्ट उपलब्ध नभएका कारण शव नेपाल पठाउन ढिलाई भइरहेको एनआरएमए दुबईका कोषाध्यक्ष सदाम अन्सारीले जानकारी दिए ।
कति दिनदेखि विरामी थिए भन्ने रिपोर्ट आउन ढिलाई भएकाले शव हस्तान्तरण गर्न ढिलाइ भएको जानकारी दुबईस्थित फरेन्सिक विभागमा प्रमुखले दिएको उनको भनाइ छ । दुबईस्थित नेपाली दूतावासले उपलब्ध गराएको पत्रमा उनको मृत्यु कारण,– septic shock, intracranial abscess granuloma उल्लेख गरिएको छ ।
शव हस्तान्तर गरेपछि शव नेपाल पठाउने गरी तयारी गरिएको उनको भनाई छ । सिराहाको धनगढीमाई नगरपालिका– ६ कट्टीटोलका यावदको गत २२ पुसमा निधन भएको थियो । उनको शव ५६ दिनदेखि दुबईस्थित फरेन्सिक विभागमा राखिएको छ ।
दूतावासबाट बनाउनुपर्ने आवश्यक कागजात समेत बनिसकेको उनको भनाइ छ ।
गत वर्षको कात्तिकमा उनी दुबई पुगेका थिए । भिजिट भिसा मार्फत दुबई पुगेका यादव काम गर्ने क्रममा एकाएक ढलेका थिए । अस्पताल लगेर उपचार गरेपछि निको भएर घर फर्किएका थिए । काम गर्ने क्रममा पुनः केही दिनपछि एकाएक बेहोस भएर लडेका थिए । टाउकोमा पानी जमेका कारण अप्रेशन गर्नुपर्ने भनिएको थियो । अप्रेशन गरेर केही दिन अस्पतालको निगरानीमै रहेका बेला उनको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण