शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरब : मक्का जाँदै गरेको बसमा आगलागी, २० को मृत्यु

बुधबार, १५ चैत २०७९, १४ : ०८
बुधबार, १५ चैत २०७९

मक्का जाँदै गरेको बस असिर प्रान्तमा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।  साउदीको सरकारी सञ्चारमाध्यमले यसबारे जानकारी दिएका छन् । यद्यपि मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

उक्त बसमा उमराह तीर्थयात्री रहेको बताइएको छ । यसमा सवार व्यक्ति साउदी अरबका साथै अन्य देशका बासिन्दा थिए ।

सरकारबाट प्राप्त रिपोर्ट अनुसार देशको दक्षिण–पश्चिममा अवस्थित असिर प्रान्तको अकाबात शारबाट १४ किलोमिटर टाढा  एक बस पुलसँग ठोक्किएर पल्टियो । त्यसपछि बसमा आगो लाग्यो । 

न्युज च्यानल अल अरेबियाले बसको ब्रेक फेल भएर दुर्घटना भएको र पुलसँग ठोक्किएर बसमा आगो लागेको बताएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप