के सौगात र सृष्टिबीच भयो ब्रेकअप ?

काठमाडौँ । अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्लले केही समय अगाडि विवाह गर्ने चर्चा थियो । कोरोना महामारी नभित्रिएको भए सम्भवतः २०७७ सालमै यो जोडी विवाह बन्धनमा बाँधिन सक्थे । दुवैले मिडियामा केही समयको प्रेम विवाहमा परिणत गर्न लागेको बताएका थिए । तर अहिले यी दुबैबीच ब्रेकअप भएको हल्ला छ ।
यतिबेला सृष्टि परिवारसँग यूकेमा छिन् भने सौगात नेपालमै छन् । सृष्टिले सौगातसँगका तस्बिरहरू आफ्नो इन्स्टाग्रामबाट समेत हटाएको देख्न सकिन्छ । केही अगाडिसम्म दुवैको तस्बिर सृष्टिका इन्स्टाग्राममा थुप्रै भेटिन्थ्यो । तर, अहिले सृष्टिको इन्स्टाग्राममा सौगातसँगका कुनै पनि तस्बिर छैन ।
फिल्म ‘राधा’ रिलिजसम्म पनि सौगात र सृष्टि प्रेममै थिए । सृष्टिको इन्स्टाग्राम सौगातसँगका तस्बिरले भरिएको थियो । अहिले भने एक पनि तस्बिर नहुनुलाई यी दुईबीचको सम्बन्धमा खटपट आएको बुझ्न सकिन्छ ।
सेलिबे्रटीहरुले सामाजिक सञ्जालबाट तस्बिर हटाउँदा सम्बन्धमा खटपट आएको र ब्रेकअप भएको यस अगाडिका धेरै उदाहरण छन् । त्यसैले पनि फिल्मी बजारमा सौगात र श्रृष्टीबीच ब्रेकअपको हल्ला चलिरहँदा हटेका तस्बिरले खबरलाई पुष्टि गर्छ ।
सौगात र सृष्टि फिल्म ‘गाजलु’ बाट नजिकिएका थिए । त्यसपछि उनीहरू केही समय लिभिङ टूगेदरमा पनि रहे । फिल्म ‘राधा’ रिलिजको समय बिहे गर्ने बताएका यो जोडीको सम्बन्धले अहिले नयाँ मोडल लिएको चर्चा छ । यस विषयमा दुवैले आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी रहेको छ ।