रियालिटी शो ‘दोहोरी आइडल’ प्रसारणमा आउने

काठमाडौँ । लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ प्रसारणमा आउने भएको छ । अन्तर्राष्ट्रिय फर्म्याटमा शो निर्माण भइरहेको र छिट्टै प्रसारणमा नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए । उनले लोक दोहोरीको विकास र विस्तारका लागि शो आयोजना गर्न लागेको उनले सुनाए ।
नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच प्रतिस्पर्धा हुने शोको निर्णायकमा पुरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रिता थापा रहेका छन् । नेपालमा पहिलोपटक लिगस्तरीय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए । शो को भोटिङ्ग पार्टनको रुपमा इ–सेवा जोडिएको छ ।
‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन्, भने दोश्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन् । दोहोरी आइडललाई डिएआर मुभिजले अन्तर्राष्ट्रिय फम्र्याटमा पनि दर्ता गरिसकेको धितालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा
-
१० बजे १० समाचार : थपियो बेरुजु, अर्का पूर्वसैनिकविरुद्ध डिफ्युजन नोटिस
-
कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार
-
सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते
-
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त