सूर्यविनायकमा मेलम्चीको पानी वितरण
भक्तपुर । यहाँको सूर्यविनायक नगरपालिकाले वडा नं–६ स्थित पाण्डुबजार हाइटमा निर्मित ८० लाख लिटर क्षमताको खानेपानी ट्याङ्कीबाट नगरक्षेत्रका विभिन्न वडामा मेलम्चीको खानेपानी वितरण सुरु गरेको छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा र सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्त रुपमा आज मेलम्ची खानेपानी वितरणको उद्घाटन गरेका हुन् । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायकमा खानेपानीको चरम अभाव अब अन्त्य हुने बताए ।
बागमती प्रदेश सरकारको रु एक करोड र सूर्यविनायक नगरपालिकाको रु आठ करोड बजेटमा सूर्यविनायक बृहत खानेपानी आयोजनामार्फत मेलम्चीको पानी वितरण गरिएको उनले बताए । नगरपालिकाले ‘केयुकेएल’मार्फत खानेपानी वितरण गरेको नगरपालिकाका–७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए ।
नगरपालिकाले २०८० असोजमा बृहत्त खानेपानी आयोजना सुरु गरेको थियो । अब दैनिक ३५ लाख लिटर पानी वितरण हुने जनाइएको छ । नगरपालिकाका नगर प्रवक्ता रवीन्द्र सापकोटाले पहिलो चरणमा वडा नं २ देखि ६ सम्म र दोस्रो चरणमा ७ देखि १० वडावासीलाई मेलम्चीको पानी वितरण गर्ने योजना रहेको बताए ।
हालसम्म १० हजार ९७० मिटर पाइपलाईन विस्तार सम्पन्न भएको र वडा नंं १ सिरुटारमा दुई देखि तीन किलोमिटर पाइपलाइन विस्तार गर्न बाँकी रहेको उनले जानकारी दिए ।
हालसम्म सुवर्णेश्वर, पाण्डुबजार, बालकोट, दक्षिणबाराही, सिकारीटार, घट्टेखोलालगायतका ट्याङ्कीमा मेलम्चीको पानी पठाइएको छ । छिट्टै मेलम्चीको पानी नगरभित्रका ३५ हजार घरधुरीसम्म पुर्याउने लक्ष्य राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण