बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय
प्रहरीमाथि कुटपिट प्रकरण

नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा

बुधबार, ३१ वैशाख २०८२, २२ : ०१
बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । काठमाडौँको नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साह कारबाहीमा परेका छन् ।  

बुधवार सडकमै साहले प्रहरी सहायक हवल्दारलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  

सहायक हवल्दारमाथि कुटपिट गर्ने प्रहरी निरीक्षक साहको जिम्मेवारी खोसिएको प्रहरी अतिरिक्त महानिरीक्षक टेक तामाङले रातोपाटीलाई बताए । साहमाथि छानबिन सुरु भएको उनले बताए । 

साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ ल्याइएको बताउँदै अनुसन्धानपश्चात् थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले बताए । उनका अनुसार घटना आज दिउँसोको हो । 

कुटाई खाने सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए । ट्राफिक प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख हुन् ।

 

यद्यपि सहायक हवल्दारले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको उनले आफ्नो कमाण्डमा जानकारी गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप