नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा
काठमाडौँ । काठमाडौँको नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साह कारबाहीमा परेका छन् ।
बुधवार सडकमै साहले प्रहरी सहायक हवल्दारलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
सहायक हवल्दारमाथि कुटपिट गर्ने प्रहरी निरीक्षक साहको जिम्मेवारी खोसिएको प्रहरी अतिरिक्त महानिरीक्षक टेक तामाङले रातोपाटीलाई बताए । साहमाथि छानबिन सुरु भएको उनले बताए ।
साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ ल्याइएको बताउँदै अनुसन्धानपश्चात् थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले बताए । उनका अनुसार घटना आज दिउँसोको हो ।
कुटाई खाने सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए । ट्राफिक प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख हुन् ।
यद्यपि सहायक हवल्दारले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको उनले आफ्नो कमाण्डमा जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण