खै गणतन्त्र कहाँ छ ?

मेरो देशमा,
व्यक्ति तन्त्र चल्या छ,
नेता तन्त्र चल्या छ,
खै गणतन्त्र कहाँ छ र ?
बरु ! भ्रष्टाचार लटरम्म फल्या छ ।
खै गणतन्त्र कहाँ छ र ?
दिन दुःखीहरू,
सडक पेटीमा रात काट्ने होस्,
न्यायको लागि अदालतका ढोका कुर्ने होस्,
यहाँ सुकुमबासी र विधवाहरूको
आत्मा पनि,
दुःखै दुःखले जल्या छ
खै गणतन्त्र कहाँ छ र ?
उपत्यकाका गल्ली पिच हुनु,
महानगरको उन्नत स्तर हुनु
के पुरै देशको विकास हुनु हो र ?
गएर हेरिदिनुहोस्,
सुदूरपश्चिम र कर्णालीका
पहाडी राजमार्गहरू
देशका नेता र ठेकेदार भनाउँदाले,
दिनैपिच्छे छल्या छ
खै गणतन्त्र कहाँ छ र ?
दुर्गम जिल्लामा समयमै,
किताब ढुवानी नहुनु,
तर ! विडम्बना
रातारात मतपत्र ढुवानी हुनु,
कृषकले समयमै मल प्राप्त नगर्नु,
व्यापारीलाई बैंक–सहकारीले डुबाउनु,
सारा मानवको तन र मन गल्या छ,
खै गणतन्त्र कहाँ छ र ?
मनसुन जस्तै छ
मेरो देशको राजनीति,
छिन छिनमा पदीय स्वार्थका लागि
एकले अर्कालाई लात हान्दै,
अर्कोसँग मिल्या छ ।
जनताले पाएको गणतन्त्रमा,
जनता नै ढल्या छ ।
के यही नै हो र ?
जनताले पाएको गणतन्त्र ?
डोटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढेन क्यासिनोले बुझाउनुपर्ने रोयल्टी, वार्षिक ५ करोड बुझाउनुपर्ने
-
सन्दीपको मुद्दा न्यायाधीश शंकर राईको इजलासमा
-
सिर्सिया नदीलाई प्रदूषण मुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
पङ्गु बनाइयो ‘प्लस टु’
-
‘लम्पी स्किन’बाट धमाधम पशु मर्न थाले
-
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्यो, कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान