स्पेनिस लिगमा बार्सिलोनाको सहज जीत
काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ । स्पेनिस लिगमा शीर्षस्थानमा रहेको बार्सिलोनाले घरेलु टोली इल्चेमाथि ४–० को फराकिलो जित निकालेको हो ।
पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोल तथा अन्सु फाती र फेरान टोरेसले एक एक गोल गरे पछि बार्सिलोनाले सानदार जीत निकाल्न सफल भएको हो ।
इल्चेमा शनिबार राति भएको एक पक्षीय खेलको २०औँ मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । दोस्रो हाफको ५६औँ मिनेटमा फेरान टोरेसको पासमा अन्सु फातीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।
त्यसको १० मिनेट पछाडी अर्थात ६६औँ मिनेटमा गाभीको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । र, ७०औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज जित दिलाए ।
यस जितसँगै बार्सिलोना २७ खेलबाट ७१ अंकसहित शिर्ष स्थानमा छ भने पराजित इल्चे १३ अंक जोडेर रेलिगेसनको पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण