‘चित्रा’ मा अर्पणको मुख्य भूमिका
आइतबार, १९ चैत २०७९, १२ : ३२
काठमाडौंँ । फिल्म ‘चित्रा’ निर्माण हुने भएको छ । अर्पण थापा र सन्तोष अधिकारीको मुख्य भूमिका रहने फिल्म अभिनेता अधिकारीले नै निर्माण गर्न लागेका हुन् । पारिवारिक कथामा बन्न लागेको फिल्म भदौबाट छायांकनमा जानेछ । देशको विभिन्न स्थानमा छायांकन हुने बताइएको फिल्मले मध्यमवर्गीय बाबु र छोरीको कथा प्रस्तुत गरेको निर्देशक लामिछानेले बताए ।
लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ । त्यस अगाडि लामिछानेले ‘धौली’, ‘पञ्चेबाजा’, ‘अग्नि दहन’ लगायतका फिल्म निर्देशन गरेका थिए । ‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा भावना पन्तको समेत लगानी रहनेछ । फिल्म छिट्टै फ्लोरमा जाने तयारीमा रहेको निर्माता अधिकारी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण