बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

उपनिर्वाचन : तीन निर्वाचन क्षेत्रका लागि ६९ जनाको उम्मेदवारी दर्ता

सोमबार, २० चैत २०७९, २० : ३६
सोमबार, २० चैत २०७९

काठमाडौँ । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि ३ निर्वाचन क्षेत्रमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार मनोनयन दर्ता गराउनेमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालकाअनुसार चितवन निर्वाचन क्षेत्र नं २ मा २४ जना, तनहुँ निर्वाचन क्षेत्र नं १ मा नौ जना र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ३६ जना उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान १०  देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको आयोगले जनाएको छ । 

मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।

 

n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप