शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

चितवन-२ मा २४ जनाको उम्मेदवारी दर्ता

सोमबार, २० चैत २०७९, १९ : ३०
सोमबार, २० चैत २०७९

चितवन । चितवन निर्वाचन क्षेत्र नं. २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले दिएका अनुसार २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

जसमा २ महिला छन् । १२ जना दलका उम्मेदवार छन् भने बाँकी १२ जना स्वतन्त्र उम्मेदवार हुन् ।

आयोगका अनुसार चैत २१ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी माथि दाबी विरोध, चैत २२ गते छानबिन गरी २३ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ । 

१ लाख २४ हजार ६९५ मतदाता रहेको चितवन २ मा मतदानका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र तोकिएका छन् ।

cc1c2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप