उपनिर्वाचन
चितवन-२ मा २४ जनाको उम्मेदवारी दर्ता
सोमबार, २० चैत २०७९, १९ : ३०
चितवन । चितवन निर्वाचन क्षेत्र नं. २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले दिएका अनुसार २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
जसमा २ महिला छन् । १२ जना दलका उम्मेदवार छन् भने बाँकी १२ जना स्वतन्त्र उम्मेदवार हुन् ।
आयोगका अनुसार चैत २१ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी माथि दाबी विरोध, चैत २२ गते छानबिन गरी २३ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।
१ लाख २४ हजार ६९५ मतदाता रहेको चितवन २ मा मतदानका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र तोकिएका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण