सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनुवाइका बेला अदालतभित्र ट्रम्पको अवस्था कस्तो थियो ? वकिलले दिए जानकारी

बुधबार, २२ चैत २०७९, १३ : ३५
बुधबार, २२ चैत २०७९

इतिहासमा यो घटना पहिलो पटक भएको हो । अमेरिकाका एक पूर्व राष्ट्रपति अदालतमा एक आपराधिक अभियुक्तको रूपमा पेस हुनुपरेको थियो । 

न्यूयोर्क ग्रान्ड जुरीको तर्फबाट औपचारिक रूपमा आरोप लगाएपछि डोनाल्ड ट्रम्पले मङ्गलवार आत्मसमर्पण गरेका थिए । ट्रम्पले अदालतमा आफूलाई निर्दोष बताएका छन् । अब यसबारे अनुसन्धान हुनेछ ।

न्यूयोर्क सिटीको म्यानहट्टन क्रिमिनल कोर्टहाउसमा मङ्गलवार ट्रम्पविरुद्ध आरोप लगायो । घटना सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको चुनावी अभियानको बेलाको हो । 

donald trump3के ट्रम्पविरुद्ध ३४ वटा आपराधिक मुद्दा लाग्नेछ ?

लाग्दैन । जुन गन्ती गरिएको छ, त्यो ट्रम्पविरुद्ध अनुचित व्यवहारका विभिन्न घटना हुन् ३४ प्रकारका अपराध होइनन् । स्टोर्मी डेनियललाई ट्रम्पका वकिल माइकल कोहेनले भुक्तानी गरेका थिए ।

ट्रम्पले चुनावपछि यो पैसा आफ्नो वकिललाई दिएका थिए । ट्रम्पविरुद्धको औपचारिक आरोपमा ट्रम्पको सङ्गठनमा यो भुक्तानीलाई गलत तरिकाले प्रवेश गराइएको उल्लेख छ ।

सन् २०१७ मा कोहेनलाई चेक दिइएको थियो र यसलाई कानुनी सेवा लिएबापत भुक्तानी गरिएको बताइएको थियो ।

यदि ट्रम्प यो मामिलामा दोषी पाइए भने उनलाई चार वर्षसम्मको सजाय हुनसक्छ ।

वासिङ्टन पोस्टको रिपोर्ट अनुसार यो मुद्दामा जेलको सजाय अनिवार्य छैन । एक पूर्व राष्ट्रपति र सन् २०२४ मा अमेरिकी राष्ट्रपति चुनावका दाबेदार दोषी भएपछि जेल जान्छन् वा जाँदैनन् भन्ने स्पष्ट छैन ।

donald trump2अदालतको कोठाभित्र के भयो ?

ट्रम्पले मङ्गलवार अदालतमा आत्मसमर्पण गरेका थिए । यति बेला बन्द कोठाभित्र उनको फिङ्गरप्रिन्ट लिइयो ।

ट्रम्प अदालतमा पुग्दा, उनी भीडको बीचमा समाचार क्यामेरामा देखा त परे तर पत्रकारहरूसँग कुरा गरेनन् । अदालत भित्र ट्रम्प बचाउ पक्षको टेबलमा बसिरहेका थिए ।

ट्रम्पको छेउमा उनका वकिलहरू थिए । सुनुवाइ अवधिभर उनी अदालतमा हात बाँधेर बसिरहेका थिए । ट्रम्पले अदालतमा एक पटक मात्र आफूलाई निर्दोष बताए ।

न्यायाधीशले ट्रम्पलाई सुनुवाइमा बाधा पुर्‍याउने प्रयास गरेमा उनलाई अदालतबाट बाहिर निकालिने चेतावनी पनि दिए । अदालतबाट बाहिरिएपछि पनि ट्रम्पले केही बोलेनन् ।

donald trump1ट्रम्पका वकिल टोड ब्लान्चेले भने, ‘सुनवाइको क्रममा ट्रम्प पक्कै निराश देखिन्थे । उनी विश्वास गर्छन् कि उनीसँग अदालतमा अनुचित व्यवहार गरिएको थियो ।’

अदालतमा हाजिर हुनुअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा ‘यो त्यो अमेरिका होइन जसको लागि यो परिचित छ’ भनेका थिए ।  म्यानहट्टनपछि ट्रम्प मङ्गलवार राति फ्लोरिडास्थित आफ्नो घर पुगे र त्यहाँ आफ्ना समर्थकहरूलाई सम्बोधन गरे ।

ट्रम्पले आफ्नो सम्बोधनमा आफू विरुद्धको अनुसन्धान राजनीतिक रूपमा प्रेरित भएको बताए । ट्रम्पको कुरा सुन्न उनका सयौँ समर्थक जम्मा भएका थिए । ट्रम्पले जिल्ला न्यायधिवक्ता एल्विन ब्राग र न्यायाधीश परिवारलाई पनि निशाना बनाएका थिए ।

ट्रम्पले आफूले निडर भएर आफ्नो देशको रक्षा गरेको र यही उनको अपराध भएको बताए । ट्रम्पले भनेका छन्, ‘अमेरिका नालीमा जाकिँदै छ ।’

जिल्ला न्यायधिवक्ता एल्भिन ब्रागले पनि गत हप्ता ट्रम्प विरुद्धको आरोप स्वीकार गरेपछि पहिलो पटक सार्वजनिक रूपमा बोलेका थिए ।

पत्रकार सम्मेलनमा ब्रागले मुद्दा नियम अनुसार चल्ने र अभियुक्त को हो भन्ने फरक नपर्ने बताए ।

donald trump‘हामी गम्भीर आपराधिक आचरणलाई सामान्य बनाउन सक्दैनौँ र गर्दैनौँ,’ ब्रागले भने । 

ब्रागलाई पत्रकार सम्मेलनमा ‘यो कुरा अहिले किन उठाइँदै छ’ भनेर सोधिएको थियो । के यो राजनीतिक होइन र भनेर सोधिएको प्रश्नको जवाफमा जिल्ला सरकारी वकिलले आफ्नो कार्यालयले थप प्रमाण पाएको बताए । 

मङ्गलवार न्यायाधीशले ट्रम्पलाई अदालतको बाहिर चुपचाप बस्न आदेश दिएनन् तर कानुन र व्यवस्थाको स्थितिलाई खलल पार्ने कुनै पनि कुरा नगर्न चेतावनी दिए । यही कारणले २०२४ को राष्ट्रपतीय चुनावमा ट्रम्पले धेरै कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ । रिपब्लिकन पार्टीभित्रबाट पनि ट्रम्पविरुद्धको अनुसन्धान राजनीतिक रूपमा प्रेरित भएको आवाज उठिरहेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप