सिद्धार्थ बैङ्कद्वारा ग्लोबल मनि विक प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण
काठमाडौँ । सिद्धार्थ बैङ्क लिमिटेडले ग्लोबल मनी विकको विषय वस्तुलाई सार्थक बनाउने उद्देश्यका साथ आयोजना गरेको टिकटक भिडियो प्रतियोगितालाई विजेतालाई पुरस्कार वितरण गरेको छ । “बैङ्कमा बचत गर्नुका फाइदाहरू” शीर्षकमा भिडियो बनाई अधिकतम मन पराइएका तीन प्रतियोगीहरुलाई क्रमशः रु. ३०,०००, रु. २०,००० र रु. १०,००० नगद पुरस्कार प्रदान गरिएको हो ।
विजेताहरूलाई आज सिद्धार्थ बैङ्कको प्रधान कार्यालय हात्तीसारमा एक समारोह आयोजना गरी पुरस्कार प्रदान गरिएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । विजेताहरूलाई बैङ्कका प्रमुख डिजिटल मार्केटिङ अनन्त श्रेष्ठले पुरस्कार हस्तान्तरण गरे ।
यसैगरी बैङ्कले ग्लोबल मनी विककै अवसरमा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सात दिन दैनिक क्विज प्रतियोगिता पनि आयोजना गरेको थियो । यसका साथै बैङ्कले देशका सातै प्रदेशमा ९८ विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रमहरू पनि आयोजना गरेको थियो, जसमा २,११८ जना महिला र २,०७२ जना पुरुष गरी कुल ४,१९० जनाको प्रत्यक्ष सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण