भारतमा उत्कृष्ट पशुको उपाधि जितेको भैँसीको मूल्य १६ करोड
नयाँ दिल्ली । करोडौँको कार वा बङ्गलाको बारेमा तपाइले सुन्नु भएको होला तर १० करोड भारतीय रुपैयाँ (नेपाली १६ करोड बढी) को भैँसीको बारेमा सायदै थाहा होला । एउटा भैँसीको यति धेरै मूल्य पर्छ भनेर पत्याउन पनि तपाई हिचकिचाउनुहुन्छ तर वास्तवमा भारतमा एक व्यक्तिसँग एउटा यस्तो भैँसी छ, जसको मूल्य करोडौं तोकिएको छ ।
उत्तर प्रदेशको मुजफ्फरनगरमा आयोजित कृषि तथा पशु मेलामा घोलु–२ नामको त्यो भैँसी ल्याइएको थियो । ५ फिट ७ इन्चको यो भैँसीको तौल १६ क्विन्टल रहेको छ । उनका मालिकले त्यो भैँसीको मूल्य १० करोड भारु राखेका छन् । जसकाकारण अहिले यो भैँसीको मूल्यसहित यसको शारीरिक बनावटको पनि चर्चा परिचर्चा हुन थालेको छ । त्यो भैँसी देखेर पनि मानिसहरू छक्क परेका छन् ।
घोलु–२ का मालिक हरियाणाको पानीपतका नरेन्द्र सिंह हुन् । उनी त्यो भैँसी लिएर मुजफ्फरनगरमा आयोजना गरिएको कृषि तथा पशु मेलामा पुगे पछि चर्चा परिचर्चा देशैभरि सुरू भएको हो । घोलु–२ को मात्रै होइन, त्यसबाट जन्मेका देखी हजुरबुवासम्मको पनि मूल्य करोडौं तोकिएको छ । घोलु–२ को आमाको नाम रानी हो भने बाबुको नाम पीसी ४८३ र हजुरबुवाको नाम घोलु हो । हालै मुजफ्फरनगरमा ल्याइएको घोलु–२ का हजुरबुवा घोलुले भने बिगत ११ वर्षदेखि राष्ट्रिय च्याम्पियन बनिरहेको छ ।
सोही क्रममा हालै मार्च १३ मा हरियाणाको दादरीमा भएको राज्य शोमा घोलु २ ले पनि ५ लाख रुपैयाँको उत्कृष्ट पशुको उपाधि जितिसकेको छ, त्यसपछि त्यसलाई मुजफ्फरनगरमा ल्याइएको हो । घोलु–२ ले दिनमा ३० किलो हरियो सुख्खा घाँस र १० किलो चना खाने गरेको त्यसका मालिक नरेन्द्र सिंहले बताए । उनका अनुसार यसको खानपानमा मात्रै मासिक ३० हजार रुपैयाँ खर्च हुन्छ । तर, घोलु–२ का परिवारले उनका मालिकलाई भने ३० देखि ४० करोडको आम्दानी दिने गरेका छन् ।
आजतकका अनुसार त्यसैले त घोलुका परिवारलाई नुहाउनको लागि स्विमिङ पुल नै बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण