आमा
यो संसारसँग
कठिन संघर्ष गर्दै
हरपल आफ्ना अस्तित्व भुलेर
दुःख, पीडाको कुम्लो
बोक्दै हिँडेकी आमालाई
किन आफ्नो सन्तानले
कहिल्यै बुझ्ने कोसिस गर्दैनन् ?
हरपल आधा पेट,
आधा गाँस खाएर
आफ्नो सन्तानको निम्ति
नअघाउन्जेल खुवाउने आमालाई
किन आफ्नो सन्तानले
कहिल्यै बुझ्ने कोसिस गर्दैनन् ?
पुराना, थोत्रा कपडा लगाएर
आफ्ना सन्तानको आङ ढाक्न
इज्जत राख्ने आमालाई
किन आफ्नो सन्तानले
कहिल्यै बुझ्ने कोसिस गर्दैनन् ?
हरेक दिन आफू अपमानित भएर
आफ्नो सन्तानको
भविष्य सोच्ने आमालाई
किन कसैले
कहिल्यै बुझ्ने कोसिस गर्दैनन् ?
हिजो सानोमा डोर्याएका ती हातहरूले
आज आडम्बरीपन सिक्न थालेका छन्
कहिल्यै आमाको अनुहारको पसिना देख्दैनन्
अनि कसैको आडमा
आमालाई थर्काउन थालेको छन् ।
आजभोलि,
आदर्श आमा भएर पनि
हरपल सन्तानको खुसीमा
आँसु पिउँदै
आमाले आँसु नै
जित मान्न थालेकी छन्
र,
कैयौँ दुःख, कष्ट झेलेर पनि
आफ्नै जिन्दगी सन्तानकै निम्ति
हारिदिन थालेकी छन् ।
हारिदिन थालेकी छन् ।।
हालः अमेरिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्मिन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण