फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटीमा रिलिज
आइतबार, २६ चैत २०७९, १० : ४२
काठमाडौँ । केही अगाडि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटीमा रिलिज हुने भएको छ । फिल्म सिनेमाघर एपमार्फत वैशाख १ गतेबाट रिलिज हुन लागेको हो । हलमा हेर्न छुटेका दर्शकका लागि लक्षित गर्दै फिल्म ओटिटिमा रिलिज हुन लागेको हो ।
परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्मले सार्वजनिक प्रदर्शनमा राम्रो ब्यवसाय नगरे पनि समिक्षा भने राम्रो पाएको थियो । प्रेमकथामा निर्माण भएको फिल्ममा तेज गिरी र बेनिशा हमाल, सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराई लगायतको अभिनय छ । अभिनेत्री सुरक्षा पन्त फिल्ममा अतिथि भूमिकामा छिन् ।
चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाल हुन् । फिल्ममा सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण