ऋण नतिर्ने अभियान राज्यले सहँदैन : अर्थमन्त्री महत
सोमबार, २७ चैत २०७९, १२ : ११
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण नतिर्ने अभियान राज्यले सहन नसक्ने बताएका छन । नेपाल चेम्बर अफ कमर्सको ७२ औँ साधारण सभामा बोल्दै अर्थमन्त्री महतले ऋण तिर्दिन भन्ने अभियान गलत रहेको बताएका हुन ।
उनले भने, ‘ऋण लिने र तिर्दिन भन्दै अभियान चलाउन पाइँदैन, बैङ्कबाट ऋण लिएपछि तिर्नै पर्छ ।’ व्यवसायमा आएको मन्दीका कारण समस्या आएको भए राहत दिने र केहि सहुलियत दिन सकिने उनको भनाई छ । तर ऋण नै नतिर्ने भन्ने विषय गलत छ ।
व्यवसायीलाइ परेको समस्या सम्बोधन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासङ्घसँग छलफल भइरहेको डा.महतले बताए । यस्तै सरकारले पछिल्लो समय पुँजीगत खर्च बढाउन हरसम्भव प्रयास गर्ने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण