किताबको उपलब्धताबारे अनुगमन गर्न स्थानीय तहलाई केन्द्रको निर्देशन
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यपुस्तकको प्राप्ति, वितरण तथा गुणस्तरको अनुगमन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । देशभरका सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई पाठ्यपुस्तकको प्राप्ति, वितरण तथा गुणस्तरको अनुगमन गर्न निर्देशन दिएको हो ।
कक्षा १ देखि कक्षा १२ सम्मका सामुदायिक विद्यालयका सम्पूर्ण विद्याजीहरूलाई भर्ना अभियान सँगसँगै पाठ्यपुस्तक उपलब्ध गराउनुपर्छ । केन्द्रले स्थानीय तह र इकाइहरूलाई पाठ्यपुस्तक सेटमा नै उपलब्ध भए नभएको अनुगमन गर्न भनेको हो ।
पाठ्यपुस्तको उपलब्धता तथा वितरण व्यवस्थामा थप जानकारी लिनु परेमा केन्द्रको पाठ्यक्रम तथा सामग्री शाखामा सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।
वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरू हुदैछ । सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै आएको छ । विगतका वर्षहरूमा समयमा नै पाठ्यपुस्तक नपाउने समस्या थियो । यो वर्ष त्यो परिपार्टीको अन्त्य गर्नका लागि सरकारले केन्द्र, जनक शिक्षा लगायतलाई बारम्बार ताकेता गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण