शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा वैशाख १५ देखि दूतावासबाटै पुनः श्रम स्वीकृति

बुधबार, २९ चैत २०७९, १६ : ४७
बुधबार, २९ चैत २०७९

काठमाडौं । मलेसियास्थित नेपाली राजदूतावासले १५ वैशाखबाट पुनः श्रम स्वीकृति लिने र सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्य अगाडि बढाउने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्बन्धित दूतावासबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था गरेको थियो । सोही आधारमा दूतावासले मलेसिया र ब्रुनाईमा रहेका नेपालीले पुनः श्रम स्वीकृतिको कार्य अगाडि बढाउन लागेको हो ।

अनलाइन मार्फत आवेदन दिनुपर्ने हुन्छ । त्यस्तै विदेशमा रहि स्वरोजगारमा रहेका नेपाली नागरिकहरु स्वेच्छाले सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्य समेत अगाडि बढाउन लागेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

पुनः श्रम स्वीकृति लिनको लागि अनलाईन श्रम स्वीकृति  FEIMS बाट अनलाईन निवेदन दिनुपर्नेछ । पुनः श्रम स्वीकृतिका लागि अनलाईन निवेदन पेश गर्नु अघि सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा आबद्ध भएको हुनुपर्नेछ ।

नेपालको सामाजिक सुरक्षा कोषमा आवद्ध हुनको लागि  https://sosys.ssf.gov.np/   वेभ पेजमा गई वैदेशिक रोजगारी सूचीकरणमा क्लिक गरी अनलाइन आवेदन फाराम भर्नुपर्ने हुन्छ ।

वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र नियमानुसारको बीमा वापतको रकम  (www.ssf.gov.np वा www.sosys.ssf.gov.np)  बाट भुक्तानी गरी सोको निस्सा अनलाईन प्रणालीमा गर्नुपर्ने दूतावासले जनाएको छ ।

पुनः श्रम स्वीकृति लिने वा सामाजिक सुरक्षा कोषमा आवद्ध हुने सम्बन्धी थप जिज्ञासा भए नेपाली राजदूतावासका श्रम काउन्सेलर वा श्रम सहचारीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप