आठबीसकोट नगरपालिकाको निर्णय : २०० बढी करार शिक्षक हटाइने
सुर्खेत । खर्च धान्न नसकिने भन्दै आठबीसकोट नगरपालिका रुकुम पश्चिमले एकैपटक दुई सय बढी करार शिक्षकलाई जागिर बाट हटाउने निर्णय गरेको छ । पालिकाको विभिन्न सामुदायिक विद्यालयहरुमा कार्यरत २ सय ४६ जना करार सेवामा रहेका शिक्षकहरु हटने भएका हुन् ।
आन्तरिक स्रोतबाट शिक्षकलाई तलब सुविधा दिन नसकिने भन्दै करार शिक्षक हटाउन थालिएको हो ।
नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षकहरूको करार सम्झौता नविकरण नहुने भएको छ । नगरपालिका ले करारमा नियुक्तगरेका शिक्षकको सम्झौता अब नविकरण नगर्ने बताएको छ । नगरप्रमुख रवि केसीका अनुसार नगरपालिकाले आन्तरिक स्रोतबाट तलब दिंदै आएको र पालिकामा विद्यालय को संख्या धेरै भएकोले विद्यालय समायोजनमा सहज होस भन्ने उदेश्यले करार शिक्षक को सम्झौता नविकरण नगर्ने वैशाख २ गते शनिबार बसेको ७८ औं नगरकार्यपालिका बैठकले निर्णय गरेको बताए ।
अनुसार नगरपालिकामा कार्यरत स्वयंसेवक, पीसीएफ र करार शिक्षक हटाइएको हो। आन्तरिक आम्दानी न्यून रहेको र वित्तीय समानीकरण अनुदानबाट तलब भत्तामा गरिएको खर्चबेरुजु देखिन आएकाले शिक्षक हटाइएको हो। नगरपालिका भित्र २ सय ४६ जना करार शिक्षक कार्यरत छन । त्यस्तै नगरपालिकाले पाँच सय बराबर कर्मचारीलाई आन्तरिक स्रोतबाट तलब खुवाउँदै आएको छ ।
करार शिक्षक हटाएर दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा छलफल भइरहेको समेत बताइएको छ । विद्यालय धेरै संख्यमा रहेको र आम्दानीले धान्न नसक्ने भएकाले पछि नियुक्त भएका करार सेवाका कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको नगरपालिकाले जानकारी दिएको छ । अनावश्यक खर्च घटाउन चाहिने भन्दा बढी करारका कर्मचारीको साउन १ गतेदेखि म्याद नथप्ने निर्णय गरिएको केसीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो पन्छाइयो, यातायात पुनः सञ्चालन
-
विज्ञको रायले अदालतको फैसला प्रभावित हुनसक्छ, योग्यतामा लापरबाही नगरौँ : सभापति शेरचन
-
सचिव बज्राचार्य अनिवार्य अवकाशमा
-
विधि विज्ञानका विशेषज्ञ बन्न स्नातकोत्तर अनिवार्य गर्न प्रस्ताव
-
नेपाल वायुसेवा निगमले ६८औँ वार्षिकोत्सव मनायो
-
मुख छोपेर कुरा गर्दा रातो कार्ड पाउने दोस्रो खेलाडी बने इक्वेडरका हिन्कापी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण