कर्णाली प्रदेश सरकारद्वारा ६ दिन सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले विसं २०८० का लागि ६ दिन सार्वजनिक बिदा दिने गरी प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेको छ । प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यहाँ १० जिल्लामा लागू हुने गरी सार्वजनिक बिदाको सूचना गरेको हो ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार असार १५ गते जुम्लाबाहेक नौ जिल्ला र जुम्लामा चैत १२ गते राष्ट्रिय धान दिवसको अवसरमा बिदा दिने गरी राजपत्रमा सूचना गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव घिमिरेले जानकारी दिए ।
उनका अनुसार साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, चैते दसैँ र राम नवमीका दिनमा सरकारले प्रदेशभरि नै बिदा दिने सूचना प्रकाशन गरिएको छ । असोज कृष्ण त्रयोदशीमा जुम्ला जिल्लाका प्रादेशिक र स्थानीय तहका कार्यालयका लागि चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाको अवसरमा बिदा दिइने सचिव घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा स्टार एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलको जित, इजिप्ट पराजित
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण