प्रतिनिधिसभा बैठकमा केसले के भने ?
काठमाडौँ । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै विक्रम पाण्डेले समयमै किसानहरुका लागि मल आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले समयमा मल प्राप्त हुन नसक्दा देशको कुल गार्हस्थ उत्पादनमै असर परेको बताए ।
प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले देशका १८ देखि ४० वर्षभित्रका युवाहरु नेपालभित्रै बस्ने वातावरण कहिले बन्छ ? भनी सरकारलाई प्रश्न गरे । उनले नेपालमा व्यवसायहरु धराशायी भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधि सभा सदस्य बिना लामाले सुरक्षा निकायले जनताको जिउधनको सुरक्षा दिन नसकेको भन्दै आपत्ति जनाइन् ।
प्रतिनिधि सभा सदस्य विनोदकुमार चौधरीले सुस्ता र गण्डकमा हरेक वर्ष हजारौँ परिवार डुबानमा पर्ने समस्या रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यस विषयलाई उठाउन आग्रह गरे ।
प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले सुदूरपश्चिमको राजधानि अहिलेसम्म निर्माण हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै राजधानी कसले बनाउने हो ? भनी प्रश्न गरे ।
प्रतिनिधि सभा सदस्य बिना जैसवालले नेपालमा हिन्दु राष्ट्र कायम हुनुपर्ने धारणा राखिन् ।
प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बाले मिटरब्याज पीडित किसानहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गरिन् ।
प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले संसदमा उठ्ने प्रश्नहरुको राम्ररी अभिलेख राख्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण