शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा मृत्यु भएका मेनपावर व्यवसायी राईको शव नेपाल ल्याइयो

मङ्गलबार, ०५ वैशाख २०८०, १८ : ०९
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । मलेसियामा मृत्यु भएका मेनपावर व्यवसायी रेन्जी राईको शव नेपाल ल्याइएको छ । २४ चैत २०७९ मा मार्बलस मेनपावर सञ्चालक राईको मृत्यु भएको थियो । उनको शव आज दिउँसो काठमाडौँ ल्याएर गृह जिल्ला पठाइएको छ । गृह जिल्ला सोलुखुम्बुमा नै अन्त्येष्टि गर्ने भन्दै परिवारले शव लगेका हुन् ।

पोष्टमार्टम रिपोर्ट अनुसार उनले आत्महत्या गरेको देखाएको थियो । समस्यामा परेका श्रमिकहरूको समस्या समाधान गर्नका लागि केही दिन अगाडि मात्रै उनी मलेसिया पुगेका थिए । त्यही क्रममा श्रमिकहरू नै बसेको होस्टेलको शौचालयमा उनी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

उनको मृत्यु शङ्कास्पद भन्दै उनकी श्रीमतीले प्रधानमन्त्रीलाई घटनाको छानबिनका लागि निवेदन समेत दिएकी थिइन् ।  

केही महिना अगाडि उनको कम्पनीमार्फत ६४ जना नेपाली श्रमिक मलेसिया पुगेका थिए । त्यहाँ कम्पनीले सेवा सुविधा नदिएको भन्दै उनलाई खबर गरेका थिए । त्यसपछि समस्या समाधान गर्न राई आफैँ मलेसिया गएका थिए । त्यही क्रममा उनले आत्महत्या गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप