सेनाको पदयात्रा टोली तानसेन आइपुग्यो
पाल्पा । ऐतिहासिक गढी तथा किल्लाहरूको पदयात्रामा निस्केको नेपाली सेनाको टोली मंगलबार तानसेनको ऐतिहासिक भगवती मन्दिरमा आइपुगेको छ । नेपाल–अंग्रेज युद्धमा विजयी भएपश्चात् तत्कालीन कर्णेल उजिरसिंह थापाले स्थापना गरेको भगवती मन्दिरमा पदयात्रा टोली आइपुगेको हो ।
पदयात्राको टोलीलाई तानसेनका नगर कार्यबहाक प्रमुख प्रतीक्षा सिंजाली, प्रवक्ता यादवसिंह कार्की, स्थानीय बासिन्दा, भगवती मन्दिर व्यवस्थापन समितिले स्वागत तथा सम्मान गरेको छ ।
गत २०७९ चैत २८ गते गोरखाबाट तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देही निस्केको पदयात्रा टोलीलाई तानसेनका स्थानीय बासिन्दाले अवीरमालासहित सम्मान गरेका थिए । सेनाको पदयात्रा टोलीले मङ्गलबार भगवती मन्दिर परिसरको यात्रा गर्दै टीका तथा प्रसाद ग्रहण समेत गरेका थिए ।
नेपाल–अंग्रेज युद्धका बेला स्थापित भएका ऐतिहासिक गढी तथा किल्लाको प्रचारप्रसार गर्ने, नेपाली जनतासँगको सम्बन्ध सुमधुर बनाउन, नेपाल एकीकरण र सेनाको वीरताको सन्देश जनतामाझ पु¥याउन पदयात्रा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण