आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सेनाको पदयात्रा टोली तानसेन आइपुग्यो

मङ्गलबार, ०५ वैशाख २०८०, १९ : २५
मङ्गलबार, ०५ वैशाख २०८०

पाल्पा । ऐतिहासिक गढी तथा किल्लाहरूको पदयात्रामा निस्केको नेपाली सेनाको टोली मंगलबार तानसेनको ऐतिहासिक भगवती मन्दिरमा आइपुगेको छ । नेपाल–अंग्रेज युद्धमा विजयी भएपश्चात् तत्कालीन कर्णेल उजिरसिंह थापाले स्थापना गरेको   भगवती मन्दिरमा पदयात्रा टोली आइपुगेको हो ।

पदयात्राको टोलीलाई तानसेनका नगर कार्यबहाक प्रमुख प्रतीक्षा सिंजाली, प्रवक्ता यादवसिंह कार्की, स्थानीय बासिन्दा, भगवती मन्दिर व्यवस्थापन समितिले स्वागत तथा सम्मान गरेको छ ।

गत २०७९ चैत २८ गते गोरखाबाट तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देही निस्केको पदयात्रा टोलीलाई तानसेनका स्थानीय बासिन्दाले अवीरमालासहित सम्मान गरेका थिए । सेनाको पदयात्रा टोलीले मङ्गलबार भगवती मन्दिर परिसरको यात्रा गर्दै टीका तथा प्रसाद ग्रहण समेत गरेका थिए ।

नेपाल–अंग्रेज युद्धका बेला स्थापित भएका ऐतिहासिक गढी तथा किल्लाको प्रचारप्रसार गर्ने, नेपाली जनतासँगको सम्बन्ध सुमधुर बनाउन, नेपाल एकीकरण र सेनाको वीरताको सन्देश जनतामाझ पु¥याउन पदयात्रा गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप