तराईमा ह्वात्तै बढ्यो गर्मी, स्वास्थ्य जोखिम बढ्न सक्ने चिकित्सकहरुको सुझाव

रुपन्देही । तराई क्षेत्रमा गर्मी निकै बढेको छ । गर्मी बढेसँगै तातो हावा चल्दा स्वास्थ्य समस्याको जोखिम पनि बढेको हो । तातो हावा चलेपछि स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकाले चनाखो रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।
विश्वव्यापीरुपमा विश्वसनीय मानिने एक्कुवेदर डटकमका अनुसार बुधबार दिउँसो १ बजेको तापक्रम बुटवलमा ३८ डिग्री, भैरहवामा र नेपालगञ्जमा ३९, वीरगञ्जमा ३७, पाल्पामा ३५, काठमाडौँमा ३१ र मुस्ताङमा १९ डिग्री सेल्सियस मापन गरिएको छ । उक्त वेभसाइटका अनुसार बढ्दो तापक्रमका कारण हावाको गुणस्तर एकदमै खराब (नाजुक) देखिएको छ ।
मंगलबार भैरहवा र नेपालगन्जमा नेपालमै सबैभन्दा धेरै ४४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । तापक्रम मापनअनुसार भैरहवामा नेपालमै सबैभन्दा धेरै ४४ डिग्री र बुटवलमा ४० डिग्री सेल्सियस तापक्रम थियो
तातो हावाले वायु प्रदुषण हुने र यसले बालबालिका, बृद्धबृद्धा र विरामीको श्वास प्रश्वासमा असर पुर्याउने चिकित्सकहरु बताउँछन् । यस्तो गर्मीमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कुनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउनुपर्ने बुटवल अस्पताल प्रालिका फिजिसियन डाक्टर नन्दु पाठकको सुझाव छ ।
बढ्दो गर्मीसँगै झाडा पखाला, लगायतका मौसमी रोगहरुको संक्रमण बढ्ने भएकाले स्वास्थ्यमा विशेष सतर्कता अपनाउनुपर्ने डा.पाठकले बताए । प्रदेश वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरीले अघिल्लो वर्षको तुलनामा यसवर्ष छिटै गर्मी (तापक्रम) बढेको बताए । मानवीय व्यवहार र गतिविधि, उद्योग, कलकारखानाले तापक्रम वृद्धि र वातावरणमा असर गर्ने उनले बताए । फोहोर मैलाको उचिव व्यवस्थापन नहुँदा पनि हावा प्रदुषित हुने उनले बताए । जंगलमा आगलागीका घटनाले पनि वायु प्रदूषण र तापक्रम बढ्नमा भूमिका खेलेको चौधरीले बताए ।
तीनै तहका सरकारले मौसम र वातावरणीय सचेतनामा उचित ध्यान दिई नागरिकलाई सुरक्षित बनाउन ध्यान दिनुपर्ने चौधरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’
-
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
-
रामायणमा काजल अग्रवालको इन्ट्री, निभाउने छिन् यो भूमिका
-
युक्रेन : बसमा गरिएको रुसी ड्रोन आक्रमणमा ९ जनाको मृत्यु
-
चेस बने वेस्ट इन्डिजका नयाँ टेस्ट कप्तान