विद्युत् समस्या समाधानका लागि मोरङ व्यापार संघको पहल
विराटनगर । मोरङ व्यापार संघले अनियमित विद्युत् आपूर्तिको समस्या निराकरणको लागि अनुरोध गरेको छ । व्यापार संघका अध्यक्ष नविन रिजालले विराटनगरस्थित नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख उमेशकुमार झालाई भेटेर विद्युत् आपूर्ति समस्या समाधानका लागि अनुरोध गरेका हुन् ।
रिजालले विद्युत् आपूर्तिमा देखिएको अनियमितता, लो भोल्टेज/ट्रिपिङ जस्ता अपर्याप्त आपूर्ति तथा अनिर्धारित विद्यूत कटौतिहरुका कारण उद्योगहरुको संचालनमा प्रतिकूल असर परिरहेको बताएका छन् ।
‘त्यस खालका अवरोधका कारण उद्योगहरुका प्रशोधन तथा उत्पादनमा रहने कच्चा पदार्थ नष्ट हुने, मिल मेशिनरीहरु बिग्रने तथा कामदार श्रमिकहरुको कार्य अवरोध हुने लगायतका समस्याहरु उत्पन्न भई उद्योगहरुका लागत खर्च वृद्धि भएको,’ जनाएका छन् ।
उनले उद्योगहरुको अक्सीजनको रुपमा रहेको विद्युत्को आपूर्तिमा अवरोध हुँदा औद्योगिक चक्र धरासायी हुने तथा स्वदेशी लगानी र मुलुकको औद्योगिकीकरण चरम जोखिममा पर्ने बताए । रिजालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँगको विगतको भेटमा उद्योगहरुका लागि पर्याप्त विद्युत् आपूर्ति गरिने आश्वासन प्राप्त भएतापनि त्यस अनुरुपका कार्य नहुँदा आफू चिन्तित रहेको बताए ।
रिजालले समस्याको शीघ्र निराकरण हुन नसके पीडित आम सर्वसाधारण र उद्योगी व्यवसायीहरु विरोधमा उत्रन सक्ने देखिएको बताउँदै रिजालले भारतसँग पर्याप्त विद्युत् खरिद गरेर होस् वा अन्य कुनै माध्यमबाट विद्यूत आपूर्ति गराउने कार्यमा प्राधिकरण चुक्न नहुने धारणा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण