विद्युत् समस्या समाधानका लागि मोरङ व्यापार संघको पहल

विराटनगर । मोरङ व्यापार संघले अनियमित विद्युत् आपूर्तिको समस्या निराकरणको लागि अनुरोध गरेको छ । व्यापार संघका अध्यक्ष नविन रिजालले विराटनगरस्थित नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख उमेशकुमार झालाई भेटेर विद्युत् आपूर्ति समस्या समाधानका लागि अनुरोध गरेका हुन् ।
रिजालले विद्युत् आपूर्तिमा देखिएको अनियमितता, लो भोल्टेज/ट्रिपिङ जस्ता अपर्याप्त आपूर्ति तथा अनिर्धारित विद्यूत कटौतिहरुका कारण उद्योगहरुको संचालनमा प्रतिकूल असर परिरहेको बताएका छन् ।
‘त्यस खालका अवरोधका कारण उद्योगहरुका प्रशोधन तथा उत्पादनमा रहने कच्चा पदार्थ नष्ट हुने, मिल मेशिनरीहरु बिग्रने तथा कामदार श्रमिकहरुको कार्य अवरोध हुने लगायतका समस्याहरु उत्पन्न भई उद्योगहरुका लागत खर्च वृद्धि भएको,’ जनाएका छन् ।
उनले उद्योगहरुको अक्सीजनको रुपमा रहेको विद्युत्को आपूर्तिमा अवरोध हुँदा औद्योगिक चक्र धरासायी हुने तथा स्वदेशी लगानी र मुलुकको औद्योगिकीकरण चरम जोखिममा पर्ने बताए । रिजालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँगको विगतको भेटमा उद्योगहरुका लागि पर्याप्त विद्युत् आपूर्ति गरिने आश्वासन प्राप्त भएतापनि त्यस अनुरुपका कार्य नहुँदा आफू चिन्तित रहेको बताए ।
रिजालले समस्याको शीघ्र निराकरण हुन नसके पीडित आम सर्वसाधारण र उद्योगी व्यवसायीहरु विरोधमा उत्रन सक्ने देखिएको बताउँदै रिजालले भारतसँग पर्याप्त विद्युत् खरिद गरेर होस् वा अन्य कुनै माध्यमबाट विद्यूत आपूर्ति गराउने कार्यमा प्राधिकरण चुक्न नहुने धारणा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको विधान महाधिवेशन: समयमै हुनेमा आशङ्का
-
इटालीको नयाँ मुख्य प्रशिक्षकमा गट्टुसो नियुक्त
-
ढोरपाटन सडक सञ्जालमा जोडियो
-
इलामको चारमाइलबाट चाँदी र सुनको जलप लगाएका गहनासहित दुई जना पक्राउ
-
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
-
टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेदरल्याण्ड्ससँग भिड्दै नेपाल