पारिजात, ए पारिजात
शनिबार, ०९ वैशाख २०८०, १० : ४२
पारिजात, ए पारिजात
तिम्रो सुन्दरता साहित्यमा
अझै चम्किरहेछ
ती कोमल हरिया पातहरु
सुन्दर ती फूलहरु
जीवन्त फूलिरहेछन्
मेरा मन मष्तिकमा ।।।
चाँदनी रातहरुमा तिमी चम्कन्छौं
ताराहरु धर्तिमा आएझैं
ती तिम्रा फूलहरु
दिव्य रत्न जस्तै
लाग्छ स्वर्गीय मूल्यको
दृष्य यही हो ।। ।।
पारिजात, ए पारिजात
साहित्य रोपेर
तिमीले हिँडेदेखि
फलिरहेछन् सुन्दर फलहरु
प्रकृतिको धनको कदर गर्नेहरुका लागि
तिमी अजम्बरी उपहार हौं
तर तिमी मेरा लागि
मायाकी खानी हौ
मेरो लेखनीको स्रोत हौ
छोटै समय सही
तर मेरो मुटुमा स्थायी छौं
पारिजात, ए पारिजात ।
हेटौंडा–५, पिप्ले
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण