शिल्पी थिएटर १७औँ वर्ष प्रवेश
नेपाली रङ्गमञ्चको वृद्धि, विकास र संरक्षणका लागि स्थापित शिल्पी थिएटर १६ पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको छ । विसं २०६४ वैशाख ११ गते स्थापना भएको यस थिएटरले धेरैभन्दा धेरै नेपाली भाषाका नाटक र विशिष्ट खालका केही विदेशी नाटकलाई पनि नेपाली भाषामा अनुवाद गरी प्रदर्शन गर्दै आएको छ ।
शिल्पी थिएटरका संस्थापक घिमिरे युवराजले सामाजिक सञ्जालमार्फत भनेका छन्, “२०६४ साल वैशाख ११, लोकतन्त्र दिवसको दिन औपचारिक कार्यक्रमसहित शिल्पी थिएटरको स्थापना भएको थियो, सुन्धारा–ढुङ्गेधारामा नयाँ नेपाल नाटक मञ्चन गरेर सुरु भएको शिल्पी थिएटरको यात्रा गोठाले नाटकघर, बत्तीसपुतली हुँदै सुन्दरहरैँचा, मोरङसम्म पुगेको छ ।”
उनले शिल्पीले नाट्य क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै आजसम्म ४३ वटा मञ्च नाटक र करिब २ दर्जन सडक नाटक÷कचहरी नाटक÷मुक्त रङ्गमञ्च मञ्चन गरिसकेको बताएका छन् । यसक्रमा सयभन्दा बढी छोटा र लामा कार्यशाला सञ्चालन गरेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा समेत सहभागी भएको जानकारी घिमिरेले दिएका छन् ।
उनले शिल्पीको यो यात्रामा साथ दिने अग्रज रङ्गकर्मीहरू, शुभचिन्तक र सङ्घसंस्थाप्रति आभारी व्यक्त गरेका छन् । “हामीलाई झन जिम्मेवारी बोध भएको छ,” उनले भनेका छन्, “तपाईंहरूको साथ र सहयोगको अझै खाँचो छ ।” उनले आगामी दिनमा अझै मेहनतका साथ आउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण