फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको पुष्टि भएन : प्राधिकरण
काठमाडौँ । सोमबार राति उडानका क्रममा इन्जिनमा समस्या देखिएको फ्लाई दुबईको समस्या अझै रहस्यमय बनेको छ । सोमबार राति ९ः२० बजे १६९ यात्रु बोकेर दुबई उड्दै गरेको फ्लाई दुबईको कलसाइन एफजेड ५७६ जहाजमा उडान लगत्तै समस्या देखिएको थियो ।
केही बेर त्रिभुवन विमानस्थल नजिकैको आकाशमा होल्ड गरेर आफ्नो गन्तव्यतर्फ नै गएको जहाज रातको १२ः१० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो । तर, जहाज उडेलगत्तै देखिएको समस्या खास के थियो ? सो अहिलेसम्म खुल्न सकेको छैन ।
दुबईस्थित फ्लाई दुबईको आधिकारिक ट्वीटर ह्याण्डलमार्फत जहाज उडानका क्रममा चरा ठोकिएको र केही क्षणको असहजताका बाबजुद जहाज सकुशल दुबई अवतरण गरेको जानकारी गराएको छ ।
तर, यता नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानका क्रममा जहाजमा चरा ठोकिएको पुष्टि हुने कुनै आधार नभेटिएको जनाएको छ । ‘जहाजमा चरा नै ठोकिएको हो भन्ने कुनै आधार पुष्टि भएन । हिजोदेखि आज बिहानसम्म पनि हामीले विमानस्थलको धावनमार्ग (रन वे) को चेकजाँच गरेका छौँ । कुनै चरा वा जीवको अवशेष पाएका छैनौँ,’ नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले रातोपाटीसँग भने, ‘यदि त्यस्तो हुन्थ्यो भने त कुनै चराको अवशेष पाइन्थ्यो होला नि ।’
सँगै समस्या आए लगत्तै विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई जानकारी गराएको पाइलटले चरा ठोकिएको समेत नबताएको उनको भनाइ छ ।
‘एटीसीसँगको सम्पर्कमा पाइलटले चरा ठोक्किएको भनेका छैनन्,’ निरौलाले भने । उडानका क्रममा कहिलेकाहीँ इन्जिनमा फ्यूल कम सर्कुलेशन हुँदा वा बढी हुँदा पनि यस्तो समस्या आउने निरौलाको भनाइ छ ।
‘करिब एक महिना अघि श्रीएयरलाइन्सको जहाजमा पनि यस्तै समस्या आएको थियो । उडान लगत्तै जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको थियो । तर, पछि चेकजाँच गर्दा केही समस्या नदेखिए पछि पुनः उडान गरिएको थियो । यस्तो घटनालाई सामान्य मान्नुपर्छ । फ्लाई दुबईको जहाजमा पनि केही प्राविधिक समस्या आएको हुनसक्छ, त्यसको बचाउमा चरा ठोकियो भनेको पनि हुनसक्छ,’ निरौलाले भने ।
अध्ययन गर्न दुबई हवाई उड्डयन प्राधिकरणलाई पत्र
उडानका क्रममा फ्लाई दुबई त्यस्तो कुनै अप्रिय घटना नघटेपनि जहाजमा समस्या देखिएको बारे अध्ययन गर्न नेपाल नागरिक उड्डयनले दुबईस्थित उड्डयान क्षेत्र हेर्ने प्राधिकरणलाई पत्र पठाइसकेको प्रवक्ता निरौलाले जानकारी दिए । ‘वास्तविकता के हो एकपटक जाँच गर्न हामीले दुबई स्थित उड्डयन प्राधिकरणलाई भनेका छौं । गर्ने नगर्ने विषय उनीहरुकै हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण