समाचार
फ्लाइ दुबईले भन्यो– जहाजमा चरा ठोक्कियो
सोमबार, ११ वैशाख २०८०, २३ : २१
काठमाडौँ । फ्लाइ दुबईले आफ्नो बोइङ जहाजमा चरा ठोक्किएको जनाएको छ । फ्लाइ दुबईका प्रवक्ताले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्ने क्रममा चरा ठोक्किएको बताएका हुन् ।
`काठमाडौँ विमानस्थलबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको जहाजमा चरा ठोक्किन पुगेको छ’, उनले भनेका छन्, ‘मानक प्रक्रियापछि उडान दुबईको लागि सामान्य रूपमा जारी रहेको छ । स्थानीय समयअनुसार ००ः१४ मा जहाज अवतरण गर्ने तालिका छ।’
सोमबार राति काठमाडौँ विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा एकाएक आगलागी भएको थियो । जहाजमा असामान्य आवाज समेत आएको थियो । जहाजलाई सुरुमा काठमाडौँ विमानस्थलमै अवतरण गराउने भनिएपनि पाइलटले अवस्था समान्य रहेको बताएपछि दुबईतिरै गएको थियो । जहाजमा चरा ठोक्किएको बारे नेपाली अधिकारीले भने केही बताएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण