झापामा ओलीमाथि ढुङ्गामुढाको प्रयास भएको भन्दै एमाले सचेतक गिरीले गराए संसदमा ध्यानाकर्षण
काठमाडौ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले झापाको कार्यक्रमका लागि गएका पार्टी अध्यक्ष केपी ओलीमाथि अभद्र व्यवहार भएको कुरा सदनलाई जानकारी गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै गिरीले अध्यक्ष ओली झापाको भद्रपुर एयरपोर्टबाट बुधबारेको कार्यक्रम स्थलमा पुग्नलाग्दा उनीविरुद्ध होहल्ला गर्ने, पार्टी गतिविधि गर्न लाग्दा अवान्छित गतिविधि गर्ने, शान्ति भंग गर्ने गतिविधि भएकोप्रति आपत्ति जनाएका छन् । कार्यक्रमस्थलमा ढुङ्गामुडा गर्ने, कार्यक्रम भाँड्ने कोशिस भएको बताउँदै त्यसमा सत्तापक्षकै कार्यकर्ता घुसपैठ गराइएको दावी समेत गरे ।
उनले भने– ‘अवान्छित गतिविधिहरु गर्ने, शान्ति भंग गर्ने खालका गतिविधि त्यहाँ भएका छन् । हामी नेकपा एमाले शान्तिपूर्ण राजनीतिमा विश्वास गर्छौँ । हामी यो मुलुकमा लोकतन्त्र संस्थागत भएको हेर्न चाहन्छौँ । सुशासन र विकासको बाटोमा देश अघि बढोस् भन्ने हामी चाहन्छौँ र आम जनतालाई यो व्यवस्थाप्रति विश्वास जगाउन चाहन्छौँ । हामीले लडेर लोकतन्त्र ल्यायौं तर आज एउटा कार्यक्रममा एमालेको नेतृत्व सहभागी हुन जाँदा जुन किसिमले ढुङ्गामुढा गर्ने कोसिस गरिन्छ, कार्यक्रम भाँड्न र अशान्ति पैदा गर्न खोजिन्छ, त्यसमा सत्तापक्षभित्रै कार्यकर्ता घुसपैठ गरिएको छ ।’
उनले सो कार्यक्रममा शान्ति सुरक्षाको व्यवस्था मिलाउने काम सत्ता पक्षको हो कि हैन भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण