जाजरकोटमा १२ हेक्टर जमिनमा फैलिएको अफिम नष्ट
जाजरकोट । प्रहरीले जाजरकोटमा अफिम खेती नष्ट गर्ने अभियान चलाएको छ । वैशाख ७ बाट प्रहरीले जाजरकोटको विभिन्न भू–भागमा फैलिएको अफिम खेती नष्ट गरिरहेको छ । नलगाड गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा करिब १२ हेक्टर जमिनमा फैलिएको अफिम नष्ट गरिएको जाजरकोटका डीएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए ।
इन्स्पेक्टर सुनिल थापा नेतृत्वको टोलीले नलगाढ नगरपालिका–३ चाउलेचौर, दारेलेख, पाखा, करुवा सानोबन, सानोछाप र नौखालीमा अवैध रुपमा खेती गरिएको र आफैं उम्रिएको अफिम नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय दल्लीसँगको समन्वयमा ३ दिनसम्म बसेर इन्स्पेक्टर नेतृत्वको टिमले अफिम नष्ट गरेको डिएसपी रोकाले जानकारी दिए ।
जुनिचाँदे गाउँपालिका–७ स्थित निपाने र भेरी नगरपािलका–२ स्थित डिंगा थलह तथा बारेकोट गापाको वडा नम्बर ८ बनलेपाटा लगायतका ठाउँमा फैलिएको अफिम नष्ट गरिएको छ । अफिम नष्ट गर्न ६४ जना प्रहरी परिचालन गरिएको थियो । अफिम प्राकृतिक रुपमा उत्पादन हुने झार हो । अफिमबाट हेरोइन, ब्राउन सुगरजस्ता लागुऔषध बनाइन्छ । महंगो मूल्यमा कारोबार हुने लागुऔषधको कच्चा पदार्थको रुपमा प्रयोग हुने अफिमलाई फडानी गर्दा आगुऔषध दुव्र्यसन र त्यसको कारोबार नियन्त्रण गर्न सकिने डिएसपी रोकाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण