शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोटमा १२ हेक्टर जमिनमा फैलिएको अफिम नष्ट

बिहीबार, १४ वैशाख २०८०, ११ : १९
बिहीबार, १४ वैशाख २०८०

जाजरकोट । प्रहरीले जाजरकोटमा अफिम खेती नष्ट गर्ने अभियान चलाएको छ । वैशाख ७ बाट प्रहरीले जाजरकोटको विभिन्न भू–भागमा फैलिएको अफिम खेती नष्ट गरिरहेको छ । नलगाड गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा करिब १२ हेक्टर जमिनमा फैलिएको अफिम नष्ट गरिएको जाजरकोटका डीएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए ।

इन्स्पेक्टर सुनिल थापा नेतृत्वको टोलीले नलगाढ नगरपालिका–३ चाउलेचौर, दारेलेख, पाखा, करुवा सानोबन, सानोछाप र नौखालीमा अवैध रुपमा खेती गरिएको र आफैं उम्रिएको अफिम नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय दल्लीसँगको समन्वयमा ३ दिनसम्म बसेर इन्स्पेक्टर नेतृत्वको टिमले अफिम नष्ट गरेको डिएसपी रोकाले जानकारी दिए ।  
जुनिचाँदे गाउँपालिका–७ स्थित निपाने र भेरी नगरपािलका–२ स्थित डिंगा थलह तथा बारेकोट गापाको वडा नम्बर ८ बनलेपाटा लगायतका ठाउँमा फैलिएको अफिम नष्ट गरिएको छ । अफिम नष्ट गर्न ६४ जना प्रहरी परिचालन गरिएको थियो । अफिम प्राकृतिक रुपमा उत्पादन हुने झार हो । अफिमबाट हेरोइन, ब्राउन सुगरजस्ता लागुऔषध बनाइन्छ । महंगो मूल्यमा कारोबार हुने लागुऔषधको कच्चा पदार्थको रुपमा प्रयोग हुने अफिमलाई फडानी गर्दा आगुऔषध दुव्र्यसन र त्यसको कारोबार नियन्त्रण गर्न सकिने डिएसपी रोकाले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप